राष्ट्रिय आविष्कार केन्द्रले बचाई दियो गंगालाल अस्पतालको १ करोड 

राष्ट्रिय आविष्कार केन्द्रले बचाई दियो गंगालाल अस्पतालको १ करोड 

वीरगन्ज, १ जेठ । विज्ञानलाई चुनौती दिदै मानवजातिकै विनाश गर्ने कोरोना भाईरस संक्रमणका कारण अहिले विश्व आक्रान्त छ । राज्यका शासकदेखि लिएर समाज पनि धर्म र संस्कृति र परोपकारका नाममा ठूला, ठूला मस्जिद, मन्दिर, चर्चहरुमा राज्यको करोडौं लगानी गर्ने गरेका छन् ।

अहिले महामारीको संकटमा भने अस्पताल र अक्सिजनको अभावमा बिरामी छटपटिएर ज्यान समेत गुमाउनु परेको छ । राज्यको प्रविधि विकासका लागि एक नागरिकले अपिल गर्दा राज्यलाई विश्वास हुदैन । राज्यको शासकलाई शुभफल प्राप्त हुन्छ भनेर भविष्णवाणी गरिदिने बालगुरु (गुगल व्याय) ले एकरोड रकम पाउछन् । तर, आविश्कार केन्द्र स्थापना गरेर नेपालमै प्रविधिको विकास गर्ने व्यक्ति भने राज्यबाट अपहेलित हुन्छ । अहिले महाविपतीमा त्यहि अपहेलित व्यक्ति र संस्थाले बालगुरुलाई दिएको एक करोड रकम जति नै राज्यको बचाई दिएको छ ।

शहिद गंगाला मुटु अस्पतालमा बिग्रिएर थन्किएका ७ वटा भेन्टिलेटर राष्ट्रिय आविष्कार केन्द्रले पुनः मर्मत गरेर एक करोड बराबरको रकम बचत गरिदिएको हो । एशियाकै नोवेल पुरस्कार भनेर चिनिने म्यागासासे पुरस्कार विजेता राष्ट्रिय आविष्कार केन्द्रका संचालक महाविर पुनले गतबर्ष पनि विभिन्न अस्पतालका बिग्रिएका भेण्टिलेटरहरु मर्मत गरेर प्रयोगमा ल्याउन मिल्ने बनाउनु भएको थियो ।

भेण्टिलेटर बनेपछि उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ :

“यसरी झन्डै १ करोड रुपैंया जति बच्यो नि त ! सबैले सकिन्छ भने नयाँ भेन्टिलेटरहरु र अन्य मेडिकलका सामानहरु पनि किन्नु होस् तर पुरानालाई पनि सके सम्म मर्मत गर्नुहोस् ।  शहिद गंगालाल मुटु अस्पतालको ७ वटा बिग्रेका भेन्टिलेटरहरु राष्ट्रिय आविष्कार केन्द्रका स्वयमसेवकहरुले मर्मत गरि राम्रो संग चल्ने बनाए । ति भेन्टिलेटरहरु बनाउनको लागी चाहिने साधारण पार्टपुर्जाहरु त्यहि अस्पतालमा नै रहेछन  । यसरी ७ वटा भेन्टिलेटर बनाउनको लागी एक पैसा पनि खर्च भएन । ६ जना भाईको ४ दिनको मिहिनेत मात्र खर्च भयो । यस्तै कामको लागि भनेर मैले हिजो भारतमा बस्ने नेपालीहरुलाई भेन्टिलेटरको केहि पार्टपुर्जाहरु किनेर पठाई दिन अनुरोध गरेको थिएँ । सित्तैमा मागेको चाहिं होइन । हाम्रो अनुभव अनुसार एउटा बिग्रेको भेन्टिलेटर बनाउन १० हजार रुपैंया देखि ५० हजार रुपैंया सम्मको पार्टपुर्जाहरु फे¥यो भने काम गर्दो रहेछ । अथवा अलि कति मर्मत सम्भार गरियो भने हुँदो रहेछ । यसरी अलिकति पैसा खर्च गरेर १५ लाख, २० लाख रुपैंया पर्ने भेन्टिलेटरहरु बन्छन । भने किन नबनाउने ?  यसको लागी मदत चाहिन्छ भने राष्ट्रिय आविष्कार केन्द्रले सके सम्म मदत गर्छ ।”

तर, राज्य यतातिर वास्ता गर्दैन । किनभने त्यता पूरानो मर्मतका लागि रकम लाग्छ । त्यसमा कमिसन पाईदैन । नयाँ खरिद गर्दा सेटिङमा कमिसन पाईन्छ ।