मौसम बदलीसँगै देशभर चिसो बढ्यो, हिमाली तथा उच्च पहाडी भागमा हिउँको बर्षा
वीरगन्ज, १४ पुस । पुस महिना आधा बितेपछि मौसमा आएको बदलीले देशभर पानी परेको छ । पानी परेपछि हिमाली तथा उच्च पहाडी भागमा हिउँ परेर देशभर चिसो पनि बढेको छ । उच्च पहाडी भेगमा परेको हिउँ खेल्न जानेहरुको भीड नै लागेको छ ।
सुदूरपश्चिममा बर्षासँगै हिमपात भएपछि सडक समेत अवरुद्ध भएको छ । काठमाडौंको चन्द्रागिरी, मकवानपुरको पालुङ, धनकुटाको तीनजुरे, ताप्लेजुङ्ग लगायतका उच्च पहाडी भागमा हिउँ परेको छ ।
हिउँ परेको ठाउँमा हिउँ हेर्न र खेल्न जानेहरुको भीड बढेको छ । काठमाडौंको चन्द्रगिरीमा हिउँपरेपछि बिहानैदेखि मानिसहरुको भीड देखिएको छ । हिउँखेल्न जानेहरुको भीडले पर्यटकीय स्थल चन्द्रगिरीमा थप आकर्षण बढाएको छ । पानी परेपछि तराईमा भने अब शीतलहरु चल्न सक्ने चिन्ता बढेको छ ।