पर्साको धोबिनी गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने

पर्साको धोबिनी गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने

वीरगञ्ज, १९ जेठ । सरकारले हरेक स्थानीय तहमा १० देखि १५ वेडको अस्पताल निर्माण गर्ने नीति अनुसार पर्साको धोबिनी गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने भएको छ ।धोबिनी गाउँपालिकाको भिखमपुर टोलमा १५ बेडको अस्पताल निर्माण हुने गाउँपालिका कार्यालयले जनाएको छ ।

१० करोडको लागतमा  निर्माण हुने अस्पतालको ठेक्का साकार समेत भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार रौनियारले जानकारी दिनुभयो । ठेक्का साकार भई सम्बन्धित अस्पतालको निर्माण कार्य शुरु गर्नको लागि कार्य आदेश समेत दिई सकिएको रौनियारले बताउनुभयो ।

१५ बेडको अस्पताल १८ महिनाको अवधिमा निर्माण सम्पन्न हुनेछ । अस्पताल निर्माण भएपछि गाउँपालिकाका जनताहरुलाई स्वास्थय उपचारको लागि सदरमुकाम वीरगञ्ज नै आउनु पर्ने बाध्यता हटने गाउँपालिकाले बिश्वास लिइएको छ ।