प्रदेश नम्बर २ को अधिवेशन जेठ २४ गते सोमबार बस्ने 

प्रदेश नम्बर २ को अधिवेशन जेठ २४ गते सोमबार बस्ने 

वीरगन्ज, १९ जेठ । प्रदेश नम्बर २ को अधिवेशन जेठ २४ गतेदेखि शुरु हुने भएको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने समय पनि निजिकिदै गएकोले प्रदेश नम्बर २ सरकारले अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । अस्ती १७ गते सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गर्दै जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो ।

सोही दिन प्रदेश प्रमुख राजेश अहिराजले जेठ २४ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिनुभयो । प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले पनि अधिवेशन जेठ २४ गते बस्ने भएको जानकारी दिनुभयो । जेठ २४ गते प्रदेशसभामा बोलाईएको अधिवेशनमा प्रदेशसभा मार्फत प्रदेश प्रमुखले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव यादवले बताउनुभयो ।