नेकपा (एस) महानगरको वडा नम्बर ४ मा कमिटि गठन
वीरगन्ज, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी एककृत समाजवादीको बीरगंज महानगर वडा नं. ४ मा वडा कमिटि गठन भएको छ। बुधबार भएको वडा भेलाले अनिल प्रधानको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी चयन गरेको हो ।
नवगठित कमिटिको उपाध्यक्षमा अमित बर्मा, सचिवमा विष्णुहरि क्षेत्री, कोषाध्यक्ष संतोष ठाकुर, सदस्यहरु अशोक गिरी, माणकलाल यादव, विष्णु डंगोल, बिकास माली लगायत रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एस) पर्साका अधक्षय बालगोपाल थापाले पदाधिकारीहरुलाई टिका लगाएर स्वागत गर्नु भएको थियो । कार्यक्रममा युवा विभाग प्रमुख एवम युवा संघ नेपाल पर्सा इंचार्ज अनिल पटेल र पेशागत महासंघका पर्सा प्रमुख संतोष सिंह, राजेंद्र चौधरी लगायतको उपस्थिति रहेको थियो।
यही असोज १६ गते महानगरको बृहत् भेलालाई लक्षित बीरगंजका हरेक वडामा कमिटी गठन तिब्रताका साथ अगाडि बढाईको नेकपा एस पर्साले जनाएको छ ।