वडामा मतदाता नामावलीका लागि टोली खटाउन कांग्रेस पर्साको माग

वडामा मतदाता नामावलीका लागि टोली खटाउन कांग्रेस पर्साको माग

वीरगन्ज, ६ असोज । मतदाता नमावली दर्ता गर्नका लागि वडा वडामा टोली खटाउन नेपाली काङ्ग्रेस पर्साले आज ज्ञापनपत्र बुझाएको छ ।

मतदाता नामावली दर्ताका लागि टोली खटाउन कांग्रेस पर्साले प्रमुख जिल्ला अधिकारी मार्फत निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ।  

नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विबेदीको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा जिल्ला सचिव द्वय किसोरी कानु, श्याम पटेल, सह सचिवहरु रोशन लामिछाने, किरण सरकार, बिरेन्द्र यादव,

जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव, अरबिन्द गुप्ता, मिन्टु सिंह, मनोजा चौधरी, हुकुम सिंह, गोपाल केडिया, रितेश गुप्ता, मनोहर गुप्ता, जवाहर गुप्ता, लगायतका नेताहरुको उपस्थिति रहेका थियो ।