जनप्रतिनिधिलाई पानी बोक्न लगाएपछि बल्ल आयो खानेपानी 

जनप्रतिनिधिलाई पानी बोक्न लगाएपछि बल्ल आयो खानेपानी 

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ नम्बर वडास्थित महांकालका स्थानीयले बर्षौदेखि भोग्नु परेको खानेपानी समस्याको समाधान भएको छ । खानेपानी लिनको लागि करिब २ घण्टाको उकालो ओरालो हिँड्नुपर्ने बाध्यता थियो ।

राक्सिराङ गाउँपालिकाले १६ लाख रुपैयाँ बजेटमा सोलार पम्पिङ मार्फत बन्जीडाँडा खोलाबाट डाँडामा पानी तानेर महांकालमा ४ वटा धारा मार्फत १५ घरधुरी स्थानीयलाई वितरण गरेपछि खानेपानी समस्या समाधान भएको हो । 

स्थानीयले वर्षौदेखि खानेपानीको समस्या भोगिरहेका बेला गाउँमा २ वर्षअघि पुगेको जनप्रतिनिधिको टोलीलाई टोलीलाई उकालोमा पानीको गाग्री नै बोकाइदिएका थिए । आफैंले उकालोमा डोकोमा पानीको गाग्री बोकेर स्थानीयको पीडा प्रत्यक्ष भोगेपछि जसरी पनि खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता गरेर फर्किएका थिए ।

सोही प्रतिवद्धता अनुसार खानेपानीको व्यावस्था गरेपछि अहिले गाउँमा खुसीयाली छाएको छ । आफूहरुको वर्र्र्षौदेखिको समस्या समाधान भएकोमा उनीहरु अति हर्षित थिए ।  बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल,

उपाध्यक्ष निर्मला हिमडुङ, ८ नम्बर वडाध्यक्ष रामकृष्ण प्रजा, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायतको टोली गाउँमा पुगेर स्थानीयसँग खुसी साटासाट गरे । स्थानीयको घरछेउमै ठडिएको धाराबाट पानी थापेर घरभित्रैसम्म पु¥याइदिए, पानी छ्यापाछ्याप गरेर खुसी बाँडे ।