चुनावमा हार्ने डरले होईन, व्यावस्था जोगाउन गठबन्धन गरिएको हो : बर्षमान पुन
वीरगन्ज । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय इन्चार्ज बर्षमान पुनले अहिलेको गठबन्धन चुनावमा हार्ने डरले नभई व्यावस्था जोगाउन गरिएको बताउनु भएको छ ।
निर्वाचनमा गरिने प्रचार प्रसार र चुनावी रणनीतिको विषयमा नेकपा माओवादी निकट पत्रकार संगठन प्रेस सेण्टर नेपालले आयोजना गरेको प्रदेश १ र मधेस प्रदेशको संयुक्त प्रशिक्षणमुलक अन्तरकृयामा नेता पुनले केपी ओलीको दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्नको लागि र संविधान तथा लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यकता भएको बताउनुभयो ।
प्रतिगमन विरुद्ध लड्दै कम्युनिष्ट आन्दोलनबाट नेपालमा एउटै ठूलो कम्युनिष्ट पार्टी बनाउने अभियान पनि भएकोले अहिलेको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र र गठबन्धनलाई जिताउन सबैले इमान्दारिताका साथ लाग्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी निर्वाचनमा हाछौं भनेर डराएको छैनौं । केपी ओलीको दक्षिणपन्थी प्रवृत्ति विरुद्ध संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरिएको हो ।”