किशोरी शसक्तिकरणका लागि शिक्षाको एकदिने अभिमूखीकरण सम्पन्न
वीरगन्ज, ६ पुस । विद्यालय बाहिर रहेका किशोरीहरुको पढाई, लेखाई लगायत अतिरिक्त क्रियाकलाप सहित आयआर्जनमा सहभागिता बढाउन किशोरी सशक्तिकरणका लागि शिक्षा सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
दिव्य युवा क्लब र भिएसओ नेपालको संयुक्त आयोजनामा वीरगन्जको होटल भिस्वामा एकदिने अभिमूखिकरण कार्यक्रम आज सम्पन्न भएको हो ।
विद्यालय बाहिर रहेका (ठूलीदिदी) किशोरीहरुलाई शिक्षण सिकाई र अतिरिक्त क्रियाकलापमा सहभागी गराएर क्षमता विकास गरी बहिनीहरुलाई सीप र क्षमता हस्तान्तरण गर्ने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको इंगेज परियोजनाका प्रमुख गणेश ठकुरीले जानकारी दिनुभयो ।
पर्साको जगरनाथपुर, धोविनी गाउँपालिका र वीरगन्ज गरी तीनवटा स्थानीय तहका चार वटा अलग अलग समूहलाई एकदिने अभूमुखीकरण कार्यक्रम अन्तर्गत चार दिनसम्म संचालन गरिएको ठकुरीले बताउनुभयो ।
अभिमूखीकरण कार्यक्रमको प्रमुख सहजकर्ताको रुपमा भिएसओ नेपालका राष्ट्रिय स्वयंसेवक श्रीचन्दन जयसवाल रहनु भएको छ ।
कार्यक्रममा दिव्य युवका क्लब र भिएसओ परियोजनाका सामुदायिक परिचालक ठग पटेल, चन्द्रिका कुर्मी लगायतको सहयोग रहेको इंगेज परियोजनाका संयोजक गणेश ठकुरीले जानकारी दिनुभयो ।