कोरोनाले मृत्यु भएका कामदारका परिवारलाई अतिरिक्त सुविधा दिने 

कोरोनाले मृत्यु भएका कामदारका परिवारलाई अतिरिक्त सुविधा दिने 

वीरगन्ज, ४ जेठ ।  वीरगन्जको एक औद्योगिक समूहले कोरोना महामारीको संकट कारण जारी लकडाउनमा आफ्नो उद्योगमा काम गर्ने कामदारको मृत्यु भएमा उनका परिवारलाई आधारभूत पारिश्रमिक दिने घोषणा गरेको छ । झंकार चप्पल, प्रेस्टीज ग्रुप अफ इंडस्ट्रीज,

नोबेल टेक्सटाइल, अमोन इलाष्टिक लगायतको औद्योगिक समूहले उद्योगमा नियमित काम गर्ने कामदारहरूको कोरोनाका कारण मृत्यु भएमा उद्योगबाट कामदारले पाउने सुबिधाको अतिरिक्त एकबर्ष सम्म मृतक कामदारका परिबारलाई आधारभूत पारिश्रमिक दिने निर्णय गरेको हो । कोरोना महामारीको संकटमा औद्योगिक समूहले सामाजिक भावनालाई पनि कायम राख्न यस्तो निर्णय गरेको औद्योगिक समूहका सदस्य एवं वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले जानकारी दिनुभयो ।

कोरोना संक्राणमको जोखिममा पनि आफ्नो परिवार पाल्नलाई  उद्योगमा काम गर्न आउने कामदारहरुको दुखमा रोजगारदाताहरुले पनि केही सहयोग गर्ने दायित्व हो । त्यहि दायित्व वोध गरेर नै औद्योगिक समूहले कामदार मृत्यु भएमा उनीहरुका परिवारलाई एकबर्ष सम्म कामदारले पाउदै आएको सुविधा बाहेक आधारभूत पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको गौतमले बताउनुभयो ।