३३ वर्षदेखि फरार ज्यान मुद्दाका अभियुक्त बारा प्रहरीद्वारा पक्राउ

३३ वर्षदेखि फरार ज्यान मुद्दाका अभियुक्त बारा प्रहरीद्वारा पक्राउ

वीरगन्ज, १४ बैशाख । जिल्ला प्रहरी कार्यालय बाराले ३३ बर्ष अघि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरिएका अभियुक्तलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलमा सर्वोच्च अदालतको मिति २०४५ पुष ४ गतेको आदेशले ९ महिना कैद सजायको फैसला गरेपछि फरार रहेका बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नं.–५ बस्ने जग साह तेली पक्राउ परेका हुन् ।

उनलाई बैशाख १२ गते  जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशा अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज, पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।