रोट्र्याक्ट क्लब अफ वीरगन्जले ग¥यो ठोरीमा राहत वितरण
वीरगन्ज, ५ असार । रोट्र्याक्ट क्लब अफ वीरगन्जले ठोरीका विपन्न गरिबहरुलाई राहत वितरण गरेको छ । ठोरी गाउँपालिकाको वडा नम्बर ४ विजयवस्ती र निर्मलवस्तीका गरिब विपन्न तथा आगलागी पीडितहरुलाई रोट्रयाक्ट क्लब अफ वीरगन्ज नारायणी जोनका अध्यक्ष आयुष गुप्ता र प्रेस संयोजक रोनित सिंहको नेतृत्वमा गएको टोलीले विभिन्न खाद्यान्न राहत वितरण गरेको हो ।
विजयवस्ती र निर्मलवस्तीका गरी २९ घर परिवारलाई प्रति परिवार १५ किलो चामल, सोयाविन, नुन लगायतको खाद्यान्न सामग्री वितरण गरिएको रोट्रयाक्ट क्लब अफ वीरगन्जका प्रेस संयोजक रोनित सिंहले जानकारी दिनुभयो । रोट्रयाक्ट क्लव अफ वीरगन्जले उपलब्ध गराएको राहत सामग्री विजयवस्ती स्थित सामुदायिक रेडियोका अध्यक्ष संतोष श्रेष्ठ, स्थानीय युवा समाजसेवी हिरा श्रेष्ठ लगायतले वितरण गर्नुभएको थियो ।
राहत वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर २ का इन्चार्ज नीरज पिठाकोटे मगर, युवा समाजसेवी महेशसिंह धामी लगायतको उपस्थिति रहेको थियो ।