प्रहरीको विशेष टोलीद्वारा जाली नोट कारोबारका ५ जना गिरोह पक्राउ
वीरगन्ज, २७ भदौ । प्रहरी प्रधान कार्यालयको विशेष टोलीले बारा र रौतहटबाट शनिबार नक्कली नेपाली नोटको कारोबार गर्ने गिरोहलाइ पक्राउ गरेको छ । बाराको निजगढ स्थित होटल तारा इनमा प्रहरीको एसटीएफ टोलीले ठूलो परिमाणको नेपाली जाली नोट सहित पक्राउ गरेको हो ।
निजगढको होटल तारा इनमा छापामारी गरी त्यहाँबाट ४ जनालाई पक्राउ गरेपछि उनीहरुको बयानको आधारमा रौतहटको चन्द्रनिगाहपुरबाट थप १ जना जनालाइ पक्राउ गरेको हो ।
प्रहरीको एसटिएफ टोलीले निजढको तारा इन होटलमा दुइ दिन पहिले आएर कोठा बुक गरेर बसेका ४ जनालाइ र उनिहरुको सूचनाको आधारमा रौतहटको चन्द्रनिगाहपुरबाट १ जनालाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नेपाली एक हजार दरको नक्कली र सक्कली नोट मिसाएर राखिएको ९३ वटा गड्डीमा रहेको ९३ लाख रुपैया बरामद पनि गरेको छ । एक हजार दरको नेपाली सक्कली र नक्कली नोट दुवै मिसाएर राखिएको ९३ वटा गड्डी बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुले प्रयोग गर्ने बा. १४. च ९३८२ नम्बरको स्कार्पियो गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार पक्राउ परेका पाँचै जनालाई होटल तारा इनमै राखेर आईतबार बिहान मात्र बाराको कलैया स्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बारा प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुको पहिचान भने खुलाएको छैन । भारतमा नेपाली एक हजार दरको नक्कली नोट छापेर प्रदेश २ मा ल्याएर कारोबार गर्ने गिरोह नै पक्राउ परेको प्रहरी श्रोतको भनाई छ । शनिबार दिनभरी कुनै जानकारी नदिएको बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले नक्कली नोटको कारोबारमा संलग्न ५ जनालाइ नियन्त्रणमा लिएको आईतबार मात्रै पुष्टि गर्नुभयो । पक्राउ परेका ५ जना नै नेपाली नागरिक हुन् ।
काठमाण्डौ स्थित प्रहरी प्रधान कार्यालयबाट नेपाल प्रहरीको स्पेशल टास्क फोर्स एसटिएफएको टोली शनिबार बिहान ९ बजे नै निजगढ आएर जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय निजगढको सहयोगमा होटल तारा इनमा पसेर अप्रेशन शुरु गरेको थियो ।
बिहान ९ बजे होटेलमा छिरेको एसटीएफको टोली बेलुकी ७ बजे सम्म पनि त्यही अनुसन्धान गरेको थियो । पक्राउ परेका मध्येका केहि व्यक्ति विगत ३ वर्ष देखि होटलको नियमित ग्राहक थिए । उनीहरुले होटलमा आपूmहरु जग्गा कारोबारी भनेर परिचय दिने गरेको होटल संचालकले बताए ।