अर्थमन्त्री जनार्दन शर्माको आन्तरिक राजस्व बढाउन निर्देशन 

अर्थमन्त्री जनार्दन शर्माको आन्तरिक राजस्व बढाउन निर्देशन 

वीरगन्ज, ३० भदौ । प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगलाई प्रोत्साहन हुनेगरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ ।

आन्तरिक राजस्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले दीर्घकालीन रुपले देशलाई फाइदा पुग्नेगरी गरिएको व्यवस्था परिवर्तन नहुने बताउनु भएको हो । 

स्वदेशी उत्पादनमा आधारित र रोजगारी सृजना गर्ने उद्योगहरुलाई प्रोत्साहन दिने गरी भएको निर्णय फिर्ता नहुने उहाँले बताउनुभयो । आयातमा आधारित राजस्व भन्दा आन्तरिक उत्पादन र निर्यातमा आधारित राजस्व बढाउनुपर्ने बताउदै उहाँले करका दरसम्बन्धी थप सुधारका कामहरु कर पुनरावलोकन आयोग गठन गरेर सम्पन्न गरिने बताउनुभयो ।

आन्तरिक राजस्व दोब्बर बनाउने गरी यसअघि आफूले  योजना माग गरेको विषयमा स्मरण गर्दै उहाँले भाषण गर्नलाई मात्रै आफूले नबोलेको योजना नै माग गरेको बताउनुभयो । करको दायरा विस्तार गर्नुको लागि करदातामैत्री व्यवहार गर्ने र मापदण्ड बनाई उनीहरुलाई सम्मान हुने खालको परिचयपत्रको व्यवस्था मिलाउनको लागि तयारी गर्न आग्रह गरे ।

मन्त्री शर्माले अबदेखि नागरिकतासँगै स्थायी लेखा नम्बर ९प्यान नम्बर० उपलब्ध गराउने गरी आवश्यक नीतिगत तयारी गर्न समेत निर्देशन दिनुभयो ।