अर्थमन्त्री शर्मा वीरगन्जमा, आइसीपी र ड्राईपोर्टको निरीक्षणपछि चिनी कारखाना र कृषि औजार काराखानाको निरीक्षण गर्ने
वीरगन्ज, २१ जेठ । अर्थमन्त्री जनार्दन शर्मा वीरगन्ज आउनु भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघको साधारासभाको उदघाटनका लागि मन्त्री शर्मा आज बिहान वीरगन्ज आउनु भएको हो ।
सिमरा विमानस्थलमा शर्मालाई वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता सहितको पदाधिकारीको टोलीले स्वागत गरेका थिए । त्यसपछि मन्त्री शर्मा वीरगन्जको होटल दियालो लर्ड्समा ब्रेकफाष्ट गरेर एकीकृत भन्सार जाँचचौकी र सुक्खा बन्दरगाह निरीक्षणमा निस्किनुभएको छ ।
एकीकृत भन्सार जाँचचौकी आईसीपी र सुक्खा बन्दरगाह निरीक्षणपछि मन्त्री शर्माले वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखानाको स्थलगत निरीक्षण गर्नु हुने बुझिएको छ । आर्थिक बर्ष ०७९÷८० को बजेटमा पनि अर्थमन्त्री शर्माले वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना संचालन गर्ने उदघोष गर्नुभएको छ । त्यसैले मन्त्री शर्माले चिनी कारखाना र कृषि औजार कारखानाको निरीक्षण गर्न लाग्नु भएको हो ।