नेकपा माओवादी केन्द्र परवानपुर गाउँपालिकाको बैठक सम्पन्न
वीरगन्ज, २१ चैत । परवानिपुर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा पालिका भित्र रहेको कमिटीको पछिल्लो गतिविधिलाई सच्चिएर जाने बारेमा छलफल गरिएको छ ।
दुई पटक सम्पन्न भएको स्थानीय निर्वाचन हुँदा के कति कारणले पालिकामा पार्टीको अवस्था कमजोर भयो भन्ने बारेमा गाउँपालिकाका पाँच वटै वडा कमिटीका सदस्यले आ–आफ्नो धारणा राखेका थिए । पार्टीको नेतृत्व तथा अगुवा नेताहरुको सुस्तता, पार्टी भित्र रहेका पुँजीवादी नातावादका कारण पार्टी कमजोर बनेको वक्ताहरुले गुनासो गरेका थिए ।
बैठकका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जयराम दाहालले पार्टी भित्र रहेका त्रुटीलाई सच्याउने र आउने दिनमा पार्टीको बैठकलाई नियमित बनाएर पार्टीलाई नै तेस्रो पार्टीबाट पहिलो बनाउने बताउनुभयो ।
एक देखी ५ वटै वडा सम्म पार्टी र भात्रृ संगठनलाई पनि सुदृढीकरण गर्ने र अर्को बैठक बैशाख ३० गते राख्ने निर्णय गरिएको पार्टीका पालिका सचिव अजय पटेलले जानकारी दिनुभयो ।
पार्टीका परवानिपुर गाउँपालिका अध्यक्ष लालबहादुर पटेलको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकमा अनेरास्ववियु क्रान्तिकारी प्रदेश सचिव विवेक साह, गाउँपालिका उपाध्यक्ष इम्तियाज, सचीव अजय पटेल, कोषाअध्यक्ष छोटेलाल पटेल लगायतको उपस्थित रहेको थियो ।