सशस्त्र प्रहरीद्वारा धनुषाबाट २६ लाख नगद सहित एकजना पक्राउ 

सशस्त्र प्रहरीद्वारा धनुषाबाट २६ लाख नगद सहित एकजना पक्राउ 

वीरगञ्ज, २७ मंसिर । सशस्त्र प्रहरीले धनुषाबाट स्रोत नखुलेको २६ लाख भन्दा बढी रकम सहित एकजना भारतीयलाई पक्राउ गरेको छ । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ९ इटहर्वा सीमा इलाकाबाट २६ लाख १७ हजार सहित भारतको मधुवनी जिल्ला मंगपट्टी १ मन्दिर विशौल बस्ने २३ बर्षीय उमेश कुमारलाई पक्राउ गरेको हो ।

नगद रुपैंया लिएर आईरहेको सूचना सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले पाउनुभएको थियो । सूचना प्राप्त गरेपछि तत्काल नम्बर २ छिन्नमस्ता बाहिनीबाट खटिएको चारजनाको सशस्त्र प्रहरी टोली, नम्बर ८ गण हेडक्वाटर धनुषा र धनौजी बोर्डर आउट पोष्टबाट खटिएको संयुक्त टोलीले नगद सहित उनलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आईरहेको प्रदेश –२–०२–००५ प ५७९८ नम्बरको अपाचे मोटरसाईकल आईरहेको अवस्थामा उमेशलाई प्रहरीले रोकर चेकजाँच गर्दा मोटरसाईकलको टयांकी भित्र लुकाई ल्याएको २४ लाख १७ हजार मोटरसाईकलको मूल्यांकनमा आएमा २ लाख गरिक २६ लाख १७ हजार रुपैंया नगद सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनुभयो ।