पत्रकार सर्राफको निधनप्रति मुख्यमन्त्री र पत्रकार महासंघद्वारा दुख व्यक्त 

पत्रकार सर्राफको निधनप्रति मुख्यमन्त्री र पत्रकार महासंघद्वारा दुख व्यक्त 

वीरगन्ज, १५ मंसिर । नेपाल पत्रकार महासंघ  पर्सा शाखाले पत्रकार नरेश सर्राफको निधनप्रति मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी र पत्रकार महासंघ पर्सा शाखाले शोक व्यक्त गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि शोक वक्तव्य जारी गर्दै पत्रकार सर्राफको निधनप्रति दुख व्यक्त गर्नुभएको हो ।

सर्राफको हृदयघातका कारण अल्पायुमै निधनप्रति दुख व्यक्त गर्दै मधेसकै पत्रकारिता क्षेत्रमा आघात पुगेको मुख्यमन्त्री राउतले जारी शोक वक्तव्यमा उल्लेख गरिएको छ ।  मुख्यमन्त्री राउतले मृतात्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवाजरजनमा गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ पर्साले पनि सर्राफको निधनप्रति दुख व्यक्त गरेको छ । महासंघ शाखाका सचिव भूषण यादवले जारी गरेको शोक वत्तव्यमा सर्राफको निधनले पर्सेली सञ्चारक्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ ।

नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य समेत रहेका सर्राफको निधनमा दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना सहित शोकाकूल परिवारजन गहिरो समवेदना समेत प्रकट गरेको छ । पत्रकार सर्राफको बिहीबार बिहान हृदयघातका कारण अल्पायुमै निधन भएको थियो । उहाँको आजै धार्मिक परम्परा अनुसार अन्त्यष्टि गरिने परिवार जनले जनाएको छ ।