सरकारले निजी अस्पतालहरुमा कोरोनाको उपचार निःशुल्क गर्ने
वीरगन्ज, ५ जेठ । सरकारले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क
उपचार गर्नका लागि सम्झौता गरेको सह–प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयसँग निःशुल्क कोरोनाको उपचार गर्न सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ ।
मन्त्रालयले आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई दिने छ ।
हेर्नुस निःशुल्क कोरोनाको उपचार हुने अस्पतालहरु