पर्साको छिपहरमाईमा वाइसियल कमिटि गठन तथा पार्टी प्रवेश सम्पन्न
वीरगन्ज, १३ चैत । पर्साको छिपहरमाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पार्टी प्रवेश तथा सहायक संगठन वाइसियल नेपालको कमिटि गठन सम्पन्न भएको छ । पार्टी प्रवेश कार्यक्रममा शेख आरमान, शेख मुमताज, सुबास मिया तेली, हरिन्द्र कुशवाहा, दिल मोहमद गद्दी, बिनोद साह, नवल साह लगायतका सयौं युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमाले, जसपा लगायतका पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् । विभिन्न क्षेत्रमा क्रियाशील युवाहरु मुलुकको निम्ति आवाश्यक पार्टी माओवादी केन्द्र नै रहेको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशी कार्यकर्ताहरुलाई नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य पुर्ब सांसद चाँद तारा कुमारीले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं पूर्व सांसद चाँद तारा कुमारीले पर्साको छिपहरमाई गाउँपालिमा नेकपा (माओवादी केन्द्र) प्रति आम जनताको लहर बढ्दै गएको दावी गर्नुभयो । उहाँले अब नेकपा (माओवादी केन्द्र) देश्मा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने समेत बताउनुभयो । यसैबीच आईतबार नै पार्टीको सहायक संगठन वासियलको पनि कमिटि गठन भएको छ ।
वाईसियल केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज गौरव सन्तोष पटेलको प्रमुख आतिथ्यतामा गौरव सर्राफको अध्यक्षतामा छिपहरमाई गाउँपालिका स्तरीय वासियल कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा मुम्ता मियाँ, मोरध्वज यादव सचिव, उद्योग पासवान, कोषाध्यष, अबुलैस राउत गद्दी सहसचिव रहेका छन् ।
सदस्यहरुमा रहद्दीन राउत गद्दी, आशिष कुमार, अजहुलास गद्दी, खसी साह, सुवास यादव, सुजित कुमा साह, धमेन्द्र महो, राहुल कुमार शर्मा, अनिल कुमार र सन्दी कुमार लगायत रहेका छन् । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका –५ भिस्वा टोल स्थित
माओवादी केन्द्रको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा पार्टीका छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष मुक्तिनारायण साह कानु, छिपहरमाईको गाउँपालिका ईन्चार्ज मोतीलाल यादव छिपहरमाईको वडा नं ५ वाड अध्यक्ष प्रत्याशी शाहरुख मन्सुरी ,छिपहरमाईको कमिटी उपाध्यक्ष रामेश चौरसियालगायतको उपस्थिति थियो ।