वीरगन्ज महानगरको वडा नम्बर १६ मा वाईसीयलको कमिटि गठन 

वीरगन्ज महानगरको वडा नम्बर १६ मा वाईसीयलको कमिटि गठन 

वीरगन्ज, २ बैशाख । नेकपा  माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीयल) को महानगरमा वडा कमिटि गठन गरिएको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर २५ सिर्सिया भन्सार क्षेत्रमा आज भएको भेलाले दिपक साह तुराहको अध्यक्षतामा २५ सदस्यीय वाईसीयल वडा नम्बर १६ को कमिटि गठन गरेको हो ।

कमिटिको सदस्यहरुमा विजय कुमार साह, राजेश साह तुराहा, निविन कुमार, सुरज गुप्ता, संदीप कुमार चन्द्रवंशी लगायत २५ जना रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि वाईसीयल पर्साका अध्यक्ष ओमप्रकाश गुप्ता र महानगर अध्यक्ष विकास पटेलको विशेष उपस्थितिमा २५ सदस्यीय वडा कमिटी गठन गरेको वाईसीयल प्रदेश नम्बर २ का सदस्य पिन्टु रौनियारले जानकारी दिनुभयो ।