स्वतन्त्र उम्मेदवार द्विवेदीलाई युवाको साथ
वीरगन्ज, २४ कार्तिक । प्रतिनिधिसभा पर्सा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले घरदैलो कार्यक्रमलाई तीब्रता दिनुभएको छ । निर्वाचन नजिकिदै गर्दा र आफ्नो समर्थकहरु पनि बढ्दै गएपछि थप उत्साहित हुनुभएका द्विवेदीले घरदैलो अभियानलाई पनि तीब्रता दिनुभएको हो ।
पाँचदलीय गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्ण र एमाले जसपा गठबन्धनका उम्मेदवार प्रदीप यादवले आफ्नो पक्षमा जनमत भएको दवी गरिरहँदा स्वतन्त्र उम्मेदवार द्विवेदीको पक्षमा थप जनलहर बढ्दै गएको छ । दलीय सिण्किेट र बाहुबलीको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताउदै द्विवेदीले अब युवा पुस्तालाई राजनीतिको मूलधारमा ल्याएर खराब ट्रयाक्टमा गएको राजनीति सही ठाउँमा ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले यसका लागि युवाहरुको सक्रियता र अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताउनुभयो । राष्ट्रिय राजनीतिमा युवाहरुको सहभागिताका लागि आफूले पहिलेदेखि नै बहस र छलफल गर्नुपर्ने बहस गर्दै आएको बताउदै उहाँले युवाहरुले राजनीतिमा चिन्तन नगरेसम्म सही ठाउँमा राजनीति नआउने बताउनुभयो ।