वीरगन्ज कलेजका अध्यक्ष डाक्टर चौधरी प्याब्सन पर्साको कार्यकारी सदस्यमा मनोनित
वीरगन्ज, २५ पुस । वीरगन्ज कलेका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरी निजी विद्यालयहरुको छाता संगठन प्याब्सन पर्साको कार्यकारी समिति सदस्यमा मनोनित हुनुभएको छ ।
प्याब्सन पर्साको शनिबार भएको पदस्थापना समारोह तथा पहिलो बैठकबाट चौधरीलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको प्याब्सन पर्साका नवनिर्वाचित अध्यक्ष पुरन प्रधानले जानकारी दिनुभयो ।
कार्यकारी समितिमा मनोनयन गरेकोमा प्याब्सन पर्सालाई डा.चौधरीले धन्यवाद समेत दिनुभएको छ । बजेटटिङमा विद्यावारिधि गर्नुभएका डा.चौधरी उपत्यका पछि प्लस टुमा पत्रकारिता र कानून विषय अध्यापन गराउने पहिलो क्याम्पस वीरगन्ज कलेजका अध्यक्ष हुनुहुन्छ ।
उहाँ ट्रिब्यून नेपाल प्रा.लिका अध्यक्ष समेत रहनुभएको छ । लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहनुभएका चौधरी आर्थिक विषयमा समेत कलम चाउदै आउनु भएको छ ।
नेपालको अर्थतन्त्रको विषयमा गहिरो अध्ययन गर्नुभएका डा.चौधरीको विभिन्न राष्ट्रिय स्तरका सञ्चार माध्यमहरुमा लेखहरु प्रकाशित भएका छन् । आर्थिक नगरी वीरगन्जका धेरै व्यासायिक कम्पनीहरुको आर्थिक कारोबार र व्यावस्थापनमा दख्खल राख्नुभएको छ ।