वीरगन्जमा ९४ जनाको पीसीआर परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि 

वीरगन्जमा ९४ जनाको पीसीआर परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि 

ट्रिब्यून न्युज 
वीरगञ्ज, ३ बैशाख । वीरगन्जमा ९४ जनाको पीसीआर परीक्षण गर्दा आधा भन्दा बढी संख्यामा कोरोना पोजेटिभ देखिएको छ । पर्सा जिल्लाबाटै संकलन गरिएको ९४ जनाको नमूना स्वाबको नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो ।

संक्रमित भएका ५७ जना मध्य ५० जना पर्साका, ४ जना बाराका र ३ जना रौतहटका रहेका छन् । १२ बर्षदेखि ७२ बर्ष उमेर सम्मका ३७ जना पुरुष र २० जना महिला संक्रमितहरुको संक्रमण सार्न सक्ने सिटी भ्यालु १४ देखि ३५.६ सम्म रहेको छ । सामान्यतः सिटी भ्यालु २९ देखि माथि भएमा संक्रमण छिटो नसर्ने जनाएको छ ।