वीरगन्जमा ३८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि 

वीरगन्जमा ३८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि 

ट्रिब्यून न्युज 
चैत १९ वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा ३८ जनाको पिसिआर परिक्षण गर्दा पर्साका ६ र बाराका २ गरि ८ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार ३८ जनाको स्वाब नमूना परिक्षण गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण भेटिएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशनल दासले जानकारी दिनुभयो । संक्रमित हुनेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का ५१ बर्षीय पुरुष, वडा नम्बर १० का २८ र ३८ वर्षीय पुरुष, वडा नम्बर १३ का २३ र २५ वर्षीय पुरुष, वडा नम्बर २५ का ४० वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै  बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ का २० वर्षीय पुरुष र वडा नम्बर ९ का ३१ बर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको डा.दासले बताउनुभयो । संक्रमण पुष्टि भएका ८ जना मध्ये १ जना संक्रमितको नारायणी अस्पतालमै भर्ना गरेर उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो । अन्य ७ जना भने आफनै घरको होम आइशोलेसनमा रहेका छन् ।  चैत ८ गते वीरगन्जको नारायणी अस्पतालमा गरिएको परिषणमा एकै दिन १० जनामा संक्रमण पुष्टि भएको थियो ।