मानव अधिकार तथा शान्ति समाज लागू पदार्थ विरुद्ध जनचेतना फैलाउदै
वीरगन्ज, १२ असार । अन्तराष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा आईतबार जनचेतनामूलक अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा लागू पदार्थ सेवनले हुने हानी र वेफाईदाको बारेमा विद्यार्थीहरुलाई सचेत गराईएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रकाश बस्नेतले लागू पदार्थ सेवन, ओसार पसार गरेका हुने कानूनी सजायको बारेमा पनि जानकारी गराउनु भएको थियो । मानव अधिकार तथा शान्ति समाज, पर्साले वीरगञ्जको त्रिजुद्ध माविमा विद्यार्थीहरुलाई जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको मानव अधिकार तथा समाजका सभापति प्रेम पटेलले जानकारी दिनुभयो ।
पटेलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागाईं ,बिशिष्ट अतिथिका रुपमा जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी निरीक्षक प्रकाश बस्नेत, अतिथिहरु त्रिजुद्द माविका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी, शिक्षक रबि चौरसिया, पत्रकार जगत राई, सुर्य बिक, मानव अधिकार तथा शान्ति समाजकी उप सभापति जिनु माया लगायत १२० जना बिद्यार्थीहरुको उपस्थित रहेको थियोे ।