बिकोन माविद्वारा खाद्यान्न सामाग्री सहयोग
बिरगंज, १७ माघ । वीरगन्ज महानगरपालिका वडा न–५ स्थित भगवती टोलमा रहेको बिकोन माध्यामिक विद्यालयले खाधान्न सामाग्री सहयोग गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया–२ को आयोजनामा बिकोन ईङ्गलिस बोडिङ् स्कुलका निर्देशक प्रकाश उपाध्ययको सहयोग र राईजिङ बिरगंज नेपालको पहलमा खाधान्न सामाग्री हस्तान्तरण गरेको हो।
वीरगन्ज महानगरपालिका वडा नं.–२ छपकैयामा रहेको यातिम खाना (मुस्लिम अनाथालाय) मा रहेको अनाथ बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरिएको हो । सामुदायिक सेवा केन्द्र छपकैया–२ का अध्यक्ष हाजी ग्यासुद्दीन ठकुराईको अध्यक्षतामा निर्देशक प्रकाश उपाध्ययले मौलाना अलि असगर मदनीलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष मो.अब्दुल हक, बिकोन स्कुलका शिक्षकशिक्षिका, राईजिङ्ग बीरगंज नेपालका अध्यक्ष अकदस मुस्तफा आरजु, पत्रकार अरसद कमाल, यातिमखानाका पदाधिकारी, सामुदायिक प्रहरीहरुको सहभागितामा पिठो, आलु,प्याज,दाल, नुन , तेल, मसाला हस्त्तारण गरिएको अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले बताउनु भयो ।।