उपकार सेवा नेपाल संस्थाद्वारा माडीमा कम्बल वितरण 

उपकार सेवा नेपाल संस्थाद्वारा माडीमा कम्बल वितरण 

वीरगन्ज, १६ माघ । उपकार सेवा नेपाल संस्थाद्वारा चितवनको माडी नगरपालिका वडा नम्बर ९ मा कम्बल वितरण गरेको छ । माडी नगरपालिकाको वडा नम्बर ९ मा बसोवास गर्ने दलित, गरिब, विपन्न, असहायहरुलाई कम्बल वितरण गरिएको हो ।

गरिब विपन्नहरुलाई सहयोग गर्दै आएको संस्थाले माडी नगरपालिका वडा नम्बर ९ गोविन्दवस्तीका १५० जनालाई न्यानो कम्बल वितरण गरेको वडा अध्यक्ष घनश्याम दवाडीले जानकारी दिनुभयो ।

कम्बल वितरणका लागि संस्थाका प्रतिनिधिहरु, सामाजिक अभियन्ता प्रकाश थारु, सामुदायिक रेडियो नारायणी एफ.एमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा, सदस्य भानुभक्त अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

संस्थाले यसअघि वीरगन्जमा ५४ जना अपांगता भएकाहरुलाई ह्विल चेयर वितरण गरेको थियो ।