को–अपरेटिभ म्यानेजर्स क्लबले आयोजना गरेको कार्यक्रममा १०२ जनाद्वारा रक्तदान 

को–अपरेटिभ म्यानेजर्स क्लबले आयोजना गरेको कार्यक्रममा १०२ जनाद्वारा रक्तदान 

दिपक चौरसिया 
वीरगन्ज, २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा  को–अपरेटिभ म्यानेजर्स क्लबले आयोजना गरेको कार्यक्रममा २२ जना  महिला सहित १०२ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा अजय प्रजापति, चन्देश्वर चौरसिया, रवि कुमार श्रीवास्तव, सोनम श्रेष्ठ, इन्दु श्रेष्ठ, सावित्री राई, आशा झा, ओम प्रकाश महतो नुनिया, हरिओम जैसी, जितेन्द्र कुशवाहा, शिवनारायण साह तेली, सिर्जना कार्की, स्नेहा साह, अशोक कुमार अहिर लगायत २२ महिला सहित १०२ जनाले रक्तदान गरेको रक्त संचार केन्द्रका दिलमाया घिमिरेले जानकारी दिनुभयो ।

आईतबार को–अपरेटिभ म्यानेजर्स (सीएमसी) क्लबका अध्यक्ष एवम् श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लि.का संचालक चन्देश्वर चौरसियाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।  

रक्तदान कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित, बिरेन्द्रराज कडेल, संघका महासचिव जिष्णु बराल, श्री राजेश्वरी बचत तथा ऋण सहकरी संस्थाका अध्यक्ष अजय प्रजापति,गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका उमेश साह बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाइ एवम् क्लबका पदाधिकारीहरुको उपस्थित रहेको थियो।

त्यसैगरी आईतबार घन्टाघरमा सिएमसि क्लबले राष्ट्रिय सहकारी दिवसको अवसरमा दिप प्रज्वलीत गरिएको अध्यक्ष चन्देश्वर चौरसियाले जानकारी दिएका छन्।दिप प्रज्वलीत कार्यक्रममा क्लबका पदाधिकारी एवम् अन्य सहकारी संस्थाका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो ।