शनिबारबाट प्रथम परवानीपुर गोल्ड कप फुटबल प्रतियोगीता हुने
वीरगन्ज,९ बैशाख । बारा र पर्साको संगम स्थल परवानीपुर रहेको एतिहासिक खेल मैदानमा प्रथम फुटबल प्रतियोगिता हुने भएको छ । परवानीपुरको शक्ति युवा क्लब र परवानीपुर युथ क्लबको संयुक्त आयोजनमा बैशाख ११ गते शनिबारबाट प्रथम परवानीपुर फुटबल प्रतियोगीता संचालन हुने भएको हो । बिहिबार खेल मैदान पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक क्लबले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा पर्ने खेल मैदानमा दिउँसो २ बजे उदघाटन हुने जनाएको छ ।
कोरोना महामारीमा सकेसम्म स्वास्थ्यका मापदण्ड पुरा गरेर प्रतियोगीता संचालन हुने आयोजक क्लबका अध्यक्ष सुवोध श्रीवास्तवले जानकारी दिनुभयो । खेलको उदघाटन प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उदघाटन गर्नुहुने छ । श्रीवास्तवका अनुसार प्रतियोगितामा खेल हेर्न आउने दर्शकहरुले कोरोना महामारीबाट जोगिनका लागि अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने व्यावस्था गरिएको छ ।
पहिलो पटक हुन लागेको फुटबल प्रतियोगिताको लागत १० लाग्ने अनुमान गरिएको छ । फुटबल प्रतियोगीतामा ८ वटा फुटबल टिमले भाग लिने आयोजकले जनाएको छ । प्रदेश २ का विभिन्न जिल्लाका ६ वटा, सशस्त्र प्रहरी बल बर्दिबास र प्रदेश ३ का एकवटा गरी ८ वटा टिमले भागले लिने भएका हुन । प्रतियोगितामा वीरगन्ज युथ क्लब वीरगन्ज, वीरगन्ज युनाईटेड क्लब वीरगन्ज ,नेपाल खेलकुद क्लब रौतहट ,जनकपुर स्पोर्ट क्लब धनुषा ,बेल्खाडी युवा क्लब महोतरी ,एपिएफ क्लब बर्दिबास ,बागमति युवा क्लब वाग्मति र हेटौडा फुटबल एकेडमी हेटौडा सहभागी हुने अध्यक्ष श्रीवास्तवले बताउनुभयो ।
प्रतियोगितामा विजेता हुने टिमले एक लाख नगद , शिल्ड र प्रमाणपत्र पाउने छन भने उपविजेताले नगद ५० हजार सहित शिल्ड र प्रमाणपत्र पाउने छन । प्रत्येक दिन खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद ५ हजार ,मेडल र प्रमाणपत्र पाउने छन । भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राईकर, मिडफिल्डर र कोचलाई जनहि ३÷३ हजार प्रदान गरीने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगीता भरीमा उत्कृष्ट, म्यान अफ द सिरिज हुने खेलाडीले १० हजार पाउने छन । पत्रकार सम्मेलनमा आयोजक क्लबका उपाध्यक्ष रवि राजा राम ,महासचिव दिपक यादव ,सचिव धुप मन्डल, कोषाध्यक्ष अलि अख्तर आलम ,सदस्यहरु अनिल श्रीवास्तव ,सुरेश यादव ,सफिक आलम, रेहान आलम(काले) ,सुनिल मंडल, ईमरान आलम लगायतको सहभागीता रहेको थियो । पत्रकार सम्मेलनको संहजीकरण पत्रकार अनिल कुमार गौरवले गर्नुभएको थियो । प्रतियोगिताका मुख्य प्रायोजक त्रिशक्ति सिमेण्ट र अन्य धेरै औद्योगिक प्रतिष्ठानहरुको पनि सहप्रायोजन रहने आयोजकले जनाएको छ ।