वीरगन्जमा मोडुलर किचेनको शो रुम खुल्यो

वीरगन्ज, २२ फागुन । आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा पहिलो पटक अत्याधुनिक सुविधायुक्त भान्साका सामानहरुको शो रुम संचालनमा आएको छ । शो रुमको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।
नेपालको विभिन्न ११ स्थानमा खुलेको यस्तो आधुनिक भान्साको सामग्रीहरु पाईने शो रुम वीरगन्जमा पनि खुलेको हो । सानो तर चिटिक्क परेको भान्सा, खानेकुरा र भाँडाकुँडाहरू मजाले सजाएर राख्न सकिने खण्डैखण्ड परेका -याकहरू, खुला र सफासुग्घर वातावरण; यस्तै–यस्तै थुप्रै विशेषताहरू सहित किचेन कन्सेप्टको शो रुम सञ्चालनमा आएको हो ।
खाना पकाउँदा निस्कने धुवाँ र तेल सोस्ने विद्युतीय चिम्नी, पानी सफा र शुद्ध पार्ने अत्याधुनिक फिल्टरहरू, खाना स्वच्छ राख्ने रेफ्रिजिरेटर, खाना पकाउन सजिलो हुने कुकिङ रेञ्ज, कुक टप, ओभनजस्ता ग्याँस र बिजुलीबाट चल्ने थरिथरिका चुल्हो, माइक्रोवेभ आदि धेरै किसिमका भान्साका सामानहरू शो रुममा पाईने संचालक दीपक टिवडेवालले बताउनुभयो ।
काठ, ह्याङ्गर, विभिन्न फिटिङ, किला कब्जा आदिको ब्राण्ड र गुणस्तर अनुसारको विभिन्न मूल्यमा भान्साका सामानहरु किचेन कन्सेप्टमा पाईने अर्का सञ्चालक सञ्जय अग्रवालले बताउनुभयो । सामान्य कुकिङ् रेञ्ज, ओभन वा कुक टपमध्ये एउटा खाना पकाउने संयन्त्र, एक–एक वटा चिम्नी, वाटर फिल्टर र भाँडा माझ्ने सिन्क लगायत तयार गरिएको भान्सा सेट एकै ठाउँमा किन्न पाइन्छ ।
एक करोडको लगानीमा सञ्चालनमा ल्याईएको किचेन कन्सेप्ट शो रुममा वेड रुमको सेटहरु पनि पाईन्छ । किंग्स साईजको वेड र वेड रुममा सेट हुने टेबल तथा वारडर्ब लगायतका सामानहरु प्नि किचेन कन्सेप्टमा पाईने अग्रवालको भनाई छ । अर्का सञ्चालक दीपक टिवडेवालका अनुसार नेपाल मै बनाईएका भान्सा सेटमा फिट गर्ने केही आवश्यक सामानहरु भने बाहिरबाट पनि ल्याउने गरिएको छ ।