निम्बस समूहद्वारा सामुदायिक सेवा केन्द्र छप्कैयालाई स्वास्थ्य सामग्री सहयोग 

निम्बस समूहद्वारा सामुदायिक सेवा केन्द्र छप्कैयालाई स्वास्थ्य सामग्री सहयोग 

वीरगन्ज, ४ जेठ । निम्बस समूह बिरगंजले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया –२ लाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । औद्योगिक समूह निम्बसले संस्थालाई २५ सय पिस माक्र्स र २० लिटर सेनिटाईजर उलब्ध गराएको सामुदायिक सेवा केन्द्र छपकैया–२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी दिनुभयो ।

त्यस्तै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया–२ पर्सा र राईजिङ्ग बिरगंज नेपालको पहलमा आज श्रीराम हल अगाडि प्रहरी बिट, सामुदायिक सेवा केन्द्र अफिस अगाडि र ईदगाह चौकमा बाटोमा माक्स नलगाई हिडनेहरुलाई निःशुल्क माक्स बितरण र हातमा सेनिटाईजर लगाउने काम गरिएको छ ।

सामुदायिक सेवा केन्द्रलाई निम्बस समूहले ३ थान अक्सीमिटर र ३ थान ज्वरो नप्ने थर्ममिटर  सहयोग गर्ने जानकारी गराएको अध्यक्ष ठकुराईले बताउनुभयो । आज बहान ७:०० बजेदेखि ८:०० सम्म १ घन्टा माक्स बितरण गरिएको थियो । माक्स वितरण कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छप्कैया सामुदायिक सेवा केन्द्रका सदस्य अजित भूजेलले जानकारी दिनुभयो ।