राजस्व छली गरेको पशुपति रोड क्यारिर्सको ट्रक प्रहरी नियन्त्रणमा

राजस्व छली गरेको पशुपति रोड क्यारिर्सको ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज, १४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढी खुद्रा तथा औषधी लगायतका सामानहरू बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट रौतहटको गौरतर्फ गईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले गएराति ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघरचोक सडकखण्डमा ना.७ ख ६८७५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

पशुपति रोड कैरियर ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक शंकास्पद देखिएकोले ट्रक नियन्त्रणमा लिएर चेकजाँच गर्दा पच्पन्न लाख एकसठ्ठी हजार सात सय सकसठ्ठी बराबरको खुद्रा तथा औषधीजन्य सामाग्रीहरू फेला परेको प्रहरीले जनाएको छ ।  

सामान सहित नियन्त्रणमा लिएको ट्रक थप अनुसन्धान र कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा आज बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।