ट्याक्टरको ठक्करबाट तपसीको मृत्यु 

ट्याक्टरको ठक्करबाट तपसीको मृत्यु 

वीरगन्ज, १४ मंसिर । मंगलबार राति पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं.५ टाली चोकको भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बहुदरमाई नगरपालिका वडा नं.८ रामनगरी बस्ने अं।वर्ष ४५ तपसी साह कानु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

रामनगरीबाट महुवनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले महुवनबाट रामनगरीतर्फ चटपटे बिक्री गरी ठेला लिएर आउदै गरेका तपसीलाई ठक्कर दिदाँ उनको घट्नास्थलमै मृत्यु भएकोहो । घटनाको विषयमा जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले घटना स्थलमा पुगेर जाँचबुझ गरेको थियो ।

दुर्घटना पश्चात चालकले ट्याक्टर लिएर फरार भएपछि खोजतलास गर्दा धुलो माटोले नम्बर मेटिएको अवस्थामा २८५८ नम्बरको ट्याक्टर नियन्त्रण फेला परेको थियो । दुर्घटना पश्चात चालक पनि फरार रहेको र उसको खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।

मृतक तपसी साह कानुको घटनास्थल तथा लाश जाँच प्रकृति मुचुल्का सम्पन्न गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताउनुभयो ।