जन समाजवादीका उम्मेदवार साह निरन्तर मतदाता भेटघाटमा व्यस्त 

जन समाजवादीका उम्मेदवार साह निरन्तर मतदाता भेटघाटमा व्यस्त 

कृष्णमोहन साह 
वीरगन्ज, १६ कार्तिक । पर्सा क्षेत्र नं. ४ को (क) का जन समाजबादी  पार्टी नेपालका प्रदेश सभा सदस्यका युवा उम्मेदवार राजेन्द्र साह मतदाता भेटाघाटमा व्यस्त देखिनु भएको छ । उम्मदवार साहले मंगलबार जीराभवानी गाउँपालिकाको परसवा, ठूलो कोढौली, सढी, जगरनाथपुर, सोहरीमा घरदैलो तथा  भेटघाट गर्नुभएको हो ।

भेटघाटको क्रममा मतदातामा आफु प्रतिदेखिएको उत्साह र समर्थनले आत्मबल बढाएको युवा उम्मेदवार साहले वताउनुभयो । यसक्षेत्रको निर्वाचनमा एक्लै युवा र शिक्षित उम्मेदवार भएकोले पनि यस  क्षेत्रको मतदाता आफुलाई जिताएर इतिहास रच्न आतुर रहेको साहको भनाई छ ।

तारा  चुनाव चिन्ह रहेको उम्मेदवार साह  नेपाली काङ्ग्रेसका शंकर चौधरी र एमाले र जसपा गठबन्धनका उम्मेदवार जयप्रकाश थारुसँग प्रतिस्पर्धा गर्दैछन् । मंसिर ४ मा हुने निर्वाचनमा मतदातामा युवा प्रतिको आकर्षणले आफूलाई थप उर्जा प्राप्त भएको साहले बताउनुभयो ।

जन समाजवादी पार्टी नेपालका युवा नेता समेत रहेका उम्मेदवार साहले स्वतन्त्र  वैकल्पिक शक्तिको निर्माणमा देश व्यापी पहल भएकोले फोहरी राजनीतिकाको सफाइ  र राष्ट्र निर्माणको अभियानमा सहयोग गर्न आग्रह समेत गर्नुभयो । उम्मेदवार साहसँगै मतदाता भेटघाट कार्यक्रममा युवा बुद्धिजिबि महिला लगायतको उल्लेखनीय सहभागि रहेको थियो ।