हाम्रो अभियान नेपालले ठोरी गाउँपालिकामा ज्ञापनपत्र बुझायो

हाम्रो अभियान नेपालले ठोरी गाउँपालिकामा ज्ञापनपत्र बुझायो

वीरगन्ज, ७ असार । युवाहरुको समूह हाम्रो अभियान पर्साले स्थानीय तहमा युवाहरुको लागि विशेष प्राथामिकता दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

अहिले जारी रहेको योजना तर्जुमाको क्रममा युवा लक्षित कार्यक्रमलाई प्राथामिकता दिएर युवाहरुलाई हरेक क्षेत्रमा सहभागी गराउने बजेट निर्माण गर्न र स्थानीय तहमा युवाहरुलाई उद्यमशीलता, रोजगारीको सृजना गर्न सहयोगको माग गर्दै ठोरी गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो ।

हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादवले गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीलाई ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्र बुझेपछि गाउँपालिका उपप्रमुख रेग्मीले युवाहरु विशेष प्राथामिकतामा रहने बताउनुभयो ।

उहाँले पछिल्लो समयमा युवाहरुको पलायनले स्थानीय तहको विकास गर्न चुनौती नै रहेको बताउदै युवाहरुलाई स्थानीय तहमा नै बस्ने वातावरणको सृजना गर्न गाउँपालिकाले प्रयास गर्ने बताउनुभयो । भएका युवाहरु पनि गाउँ छाडेर जाने गर्दा स्थानीय तहमा विकास कसरी गर्ने भन्ने चिन्ता बढेको भन्दै युवालाई गाउँमै रोक्न विभिन्न आयआर्जन मूलक कार्यक्रमहरु ल्याउने प्रयास गरिने ब ताउनुभयो ।