सशस्त्र प्रहरीले माफी मागेपछि विजयवस्तीको तनाव साम्य 

वीरगन्ज, २० बैशाख । सशस्त्र प्रहरीले कुटपिट गरेपछि आक्रोशित बनेको विजयवस्ती वासीसँग सशस्त्र प्रहरलिे माफी मागेपछि तनाव साम्य भएको छ । पर्साको ठोरी गाउँपालिकाको विजयवस्तीमा सशस्त्र प्रहरीले स्थानीलाई कुटपिट गरेको भन्दै  आक्रोशित स्थानीयले सडक जाम गरेर आन्दोलन गरेका थिए ।

विजयवस्ती चोकमा बढी भीडभाड भएको विषयमा चोकमा चार पाँचजना बसेर  छलफल भइरहेको समयमा जिल्लाबाट गएको सशस्त्र प्रहरीको टोलीले एक्कासी लाठीले हिर्काएपछि स्थानीय आक्रोशित भएका हुन् । सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा गएको सशस्त्र प्रहरीको टोलीले सोधपुछ नगरी एक्कासी लाठी बर्साउन थालेपछि आक्रोशित स्थानीयले विजयवस्ती चोकमा भेला भएर सशस्त्र प्रहरीको गाडीलाई रोकका थिए।

सशस्त्र प्रहरीको गाडी स्थानीयले रोकेपछि विजयवस्तीमा केहीबेर स्थानीय र सशस्त्र प्रहरीबीच तनाव भएको थियो । स्थानीयले सशस्त्र प्रहरीका दोषीलाई कारवाहीको माग गरेका थिए । सशस्त्र प्रहरी नायव उपरीक्षकले आपूmहरुबाट गल्ती भएको भन्दै माफी मागेपनि स्थानीयले भने मानेका थिएनन् । तर, पछि स्थानीय अगुवाहरुसँगको छलफलमा सशस्त्र प्रहरी नायव उपरीक्षक सहित कुटपिट गर्ने सशस्त्र प्रहरी जवानहरुले समेत माफी मागेपछि स्थिति सामान्य बनेको छ ।