सीमा खुलेपछि नेपाल भ्रमणका लागि भारतमा प्याकेज अफर 

सीमा खुलेपछि नेपाल भ्रमणका लागि भारतमा प्याकेज अफर 

वीरगन्ज, १७ असोज । नेपाल भारत सीमा नाकाबाट भारतीय यात्रुवाहक सवारी साधन आवागमन सहज भएपछि नेपाल भ्रमणका लागि भारतमा प्याकेजको अफर आउन थालेको छ ।

वीरगन्ज नाकाबाट भारतीय यात्रुवाहक सवारी साधन प्रवेशमा डेढबर्ष लामो रोक हटेपछि नेपाल भ्रमाणका लागि आउने भारतीय पर्यटकहरुलाई भारत मै प्याकेजको अफर आउन थालेको हो ।

भारतका ट्राभल एण्ड टुर कम्पनीले नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु घुम्नका लागि १० दिनको प्याकेज घोषणा गरेर प्रचार गर्न थालेका छन् ।

भारतका ट्रभल एण्ड टुर कम्पनीले नेपालको पशुपतिनाथ, स्वयम्भु, माउण्टेन फ्लाईट, सौराहको हात्ती सफारी लगायतका १० दिनको टुर प्याकेज अफर गरेका छन् ।

१० दिनको प्याकेजमा १४ हजार ५ सय भारतीय रुपैंया लाग्ने कम्पनीले जनाएको छ । भारतको जयनगरको एक ट्राभल एण्ड टुरले उक्त प्याकेजको अफर गरेर बुकिङ खुला गरेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताउनुभयो ।