सबै जिल्लामा आज मतपत्र ढुवानी सकिन्छ : निर्वाचन आयोग 

सबै जिल्लामा आज मतपत्र ढुवानी सकिन्छ : निर्वाचन आयोग 

वीरगन्ज । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम आज सकिने जनाएको छ ।

आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम सकिएको र ती मतपत्र आजसम्ममा सबै जिल्लामा ढुवानी गरिसक्ने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिनुभयो । 

मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका छन् ।

यही वैशाख ३० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म  देशभरका ७५३ पालिकाका जनप्रतिनिधि चुन्न मतदान हुने छ ।