वीरगन्ज कलेजद्वारा पाँचदिने जीवनोपयोगी सीपमुलक तालिमको आयोजना 

वीरगन्ज कलेजद्वारा पाँचदिने जीवनोपयोगी सीपमुलक तालिमको आयोजना 

वीरगन्ज, २२ चैत । वीरगन्ज कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई पाँच दिने जीवन उपयागी सीप तालिमको आयोजना गरेको छ । पाँचदिने तालिमको हिजो प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उदघाटन गर्नुभयो ।

उदघाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख सरावगीले अध्ययनको अतिरिक्त अन्य विभिन्न व्यवहारिक ज्ञान र सीप पनि हासिल गर्न सके एक सफल र सक्षम व्यक्ति बन्न सक्ने बताउनुभयो । उहाँले जीवनमा उपयोग गर्न सकिने खालको तालिमले व्यक्तिको जीवनमा धेरै परिवर्तन ल्याउन सक्ने भन्दै तालिममा लगनशील र अनुशासित भएर सिक्ने र सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले विद्यार्थीहरुलाई तालिमबाट प्राप्त ज्ञान र सीपहरु आफ्नो व्यवहारिक जीवनमा पनि लागू गर्न सुझाव दिनुभयो । कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्रशासन प्रमुख सुरेश कुमार चौधरी, कलेजका शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको थियो । पाँचदिने तालिममा कक्षा ११ का ४० जना विद्यार्थीहरुले भाग लिएको वीरगन्ज कलेजका क्याम्पुस प्रमुख विनोद गुप्ताले जानकारी दिनुभयो ।

कार्यक्रममा वीरगञ्ज कलेजका क्याम्पस प्रमुख विनोद गुप्ता, कलेजका निर्देशक प्रेमचन्द्र पटेल, सुरेश चौधरी, बगही माविका प्रधानाध्यापक तथा कलेजका प्राध्यापक प्रेम श्रेष्ठ, प्राध्यापक सरिता चौधरी, नेपाल महिला कल्याण संस्थाका प्रबन्धक विपिन उपाध्यायलगायतकाहरुको उपस्थिती रहेको थियो ।