वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, ९ बैशाख । वीरगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज–१९ बिन्दबासिनी बस्ने ६३ वर्षीय पुरुषको मृत्यु भएको हो  ।वैशाख ५ गते नारायणी अस्पतालमा भर्ना भएका उनको आज बिहान १०ः५० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिनुभयो । वैशाख ६ गते कोरोना संक्रमण पुष्टी भएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।


यसैबीच वीरगन्ज स्थित चिकित्सा विज्ञान अध्ययन संस्थान अर्थात वीरगन्ज नर्सीङ क्याम्पसका एक महिला कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नर्सीङ क्याम्पसमा कार्यरत भान्से वीरगन्ज १६ घर भएकी ६१ व्र्षिया महिलाको , आज बिहान मृत्यु भएको हो ।

वीरगन्ज स्थित नारायणी अस्पतालमा गत मङगलवार भर्ना भएकी ती संक्रमित महिलाको आज बिहान साढे १ बजे मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशनदासले जानकारी दिनुभयो ।चैत अन्तिम साता , वीरगन्ज नर्सीङ क्याम्पसमा १९ विधार्थी र वार्डेन सहित ६ जना कर्मचारी गरि २५ जनामा संक्रमण पुष्टि भएको थियो ।