महाधिवेशनमा मुस्लीमको संख्या बढाउन माग गर्दै नेपाली कांग्रेस पर्सालाई ज्ञापनपत्र
वीरगन्ज, २३ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मुस्लिम प्रतिनिधित्वको उचित संख्यामा नहुने व्यवस्था प्रति नेपाल मुस्लिम सङघले ध्यानाकर्षण गर्न देश भरीको कांग्रेस सभापतिलाई ज्ञापनपत्र बुझाएको छ । महाधिवेशनमा मुस्लीम प्रतिनिधित्वको संख्या न्यून हुने भएपछि देशैभरका जिल्ला सभापतिहरुलाई बुधबार ज्ञापनपत्र बुझाउने कार्यक्रम अनुसार पर्सामा जिल्लामा पनि निमिक्त उपसभापति दिना गुप्तालाई ज्ञापन पत्र बुझाइएको छ। मुस्लिम संघका जिल्लाअध्यक्ष जाकिर हुसेनको नेतृत्वमा संघका सचिव रिज्वानुल हक, केन्द्रिय सदस्य सकिम मियाँ, मुस्लिम संघकाका नेता ताज अलि अन्सारी, यासिन अन्सारी लगायत नेपाली कांग्रेसका उपसभापति प्रकाश उपाध्याय, पूर्व उपसभापति दिना प्रसाद साह, युवा नेता दिलिप राज कार्की लगायतको उपस्थिति रहेको थियो।