बालश्रम मुक्त स्थानीय तहका लागि प्रतिबद्ध छौं ः महानगर प्रमुख सरावगी
वीरगन्ज, २७ चैत । वीरगन्ज महानगरपािलकाका नगर प्रमुख विजय कुमार सरावगीले महानगरपालिकालाई बालश्रम मुक्त बनाउनका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा शुक्रबार आयोजना गरिएको ‘बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम’ मा प्रमुख अतिथि नगरप्रमुख बिजय कुमार सरावगीले बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने र महानगरलाई बालश्रम मुक्त बनाउन तत्पर रहेको बताउनुभ एको हो ।
उहाँले सडक बालबालिकालाई उद्दार गरेर उनीहरुको हेरचाह र शिक्षाका लागि महानगरपालिकाले बाल हेल्पलाईन संचालनमा ल्याएको बताउदै महानगरमा जुनसुकै क्षेत्रमा पनि बालश्रम भेटिए तत्काल उद्दार गरिने बताउनुभयो । उहाँले बाध्यतावस कुनै बालकालिकाले श्रम गर्नुपरेको भएपनि उनीहरुालई शिक्षा प्रदान गरेर दक्ष व्यक्ति बनाउन महानगरपालिकाको जोड रहने बताउनुभयो ।
गरिबीका कारण अभिभावकहरुले बालबालिकालाई विद्यालयमा पठाउन समस्या भए महानगरले सहयोग गर्ने पनि बताउनुभयो । उहाँले महानगरमा बालश्रम उन्मुलका लागि सबैको सहयोग पनि आवश्यक रहेको बताउनुभयो । उद्दार गरी शिक्षा प्रदान गरेका बालबालिकाहरुको लागि दीर्घकालिन रुपमा यसको समाधानको लागि राज्यले कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सबै पालिकाका प्रमुख र उपप्रमुखहरुको सहभागीता थियो ।