बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक पक्राउ
ट्रिब्यून न्युज
वीरगन्ज, १९ चैत । बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पर्साको बहुरमाई नगरपालिकाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गत माघ २५ गते १० वर्षिय बालिका माथि यौन दुव्र्यवहार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ छपकैयाका ४५ वर्षका भुनेश राउत कुर्मी पक्राउ गरेको हो ।
पक्राउ परेका कुर्मीविरुद्ध बाल यौन दुरुपयोगको मुद्दामा अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो । बाल यौन दुर्व्यबहार भएकोसम्म प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको भन्दै प्रहरी निरीक्षक थापाले बालिकालाई स्वास्थ्य परीक्षणका लागि नारायणी अस्पताल पठाइएको र रिपोर्टको आधारमा कारबाही प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो ।
घटनालाई गाउँघरमै मिलाउन जनप्रतिनिधि र स्थानीय पञ्च समेतको रोहबरमा मिलापत्र गरिएको घटना बाहिरिएको छ । दुवर्््यबहारमा परेकी बालिकाको परिवारलाई एक लाख रुपैयाँ दिन सहमत गराएर कुर्मीलाई पञ्चहरुले गाउँबाट भगाएको पनि आरोप लागेको छ । होली मनाउन कुर्मी घर फर्किएपछि घटना बाहिरिएको हो । वडा अध्यक्ष प्रभु पटेलले वडा सदस्य कुद्रिश देवानकै उपस्थितिमा पञ्चहरु बसेर छलफल गरेकोे जानकारी आफूले पाएको बताउनुभयो ।