ठोरीको कृषि तथा सांस्कृतिक महोत्सव आजदेखि बन्द हुने
ट्रिब्यून न्युज
वीरगन्ज, १५ चैत । पर्साको ठोरीमा लागेको ठोरी कृषि तथा सांस्कृतिक महोत्सव आजबाट बन्द हुने भएको छ । महोत्सव रोक्न जिल्ला प्रशासन कार्यालय पर्साले निर्देशन दिएको छ । कोरोना महामारीको जोखिम रहेकोले सरकारले भेला, सभा, सम्मेलन तथा महोत्सवहरु आयोजना गर्न रोक लगाएपनि ठोरीमा चैत १२ गतेदेखि कृषि तथा सांस्कृतिक महोत्सवको आयोजना गरेको छ ।
उक्त महोत्सव बन्द गर्न निर्देशन दिएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । सरकारको निर्देशनलाई अटेर गरेको गुनासो आएपछि पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ हिजो आफै अनुगमनमा जाने क्रममा मेलास्थलमा पुगेर महोत्सव रोक्न निर्देशन दिएको तामाङले बताउनुभयो ।
आज (आईतबार) देखि महोत्सव बन्द गर्न निर्देशन दिएको आएकोले निर्देशनलाई अटेर गरे संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार कारवाही गरिने पनि प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा (१) मा ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई
अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा एकसय सम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यावस्था छ । त्यस्तै दफा (२) कोे ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पु¥याउनेलाई ६ महीनासम्म कैद वा रु. ६००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ । कानुनी प्रावधान रहेको छ ।