जबरजस्ती करणीको मुद्दाका फरार प्रतिवादी पक्राउ
वीरगन्ज, ५ असार । जबरजस्ती करणी मुद्दामा फरार रहेका एकजनलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.१ बस्ने अन्दाजी वर्ष ३५ को उमाशंकर गिरी रहेका छन् ।
उनलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले आईतबार बिहान ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं. १ छप्कैयाबाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकश खनालले जानकारी दिनुभयो ।
पक्राउ परेका गिरीलाई सम्मानित पर्सा जिल्ला अदालतमा बुझाउने र अदालतको आदेश अनुसार कारागार चलान गरिने बताउनुभयो ।
गिरीले २०६९ जेठ २ गते राति १२ बजे नामथर वतन बताउन नसक्ने मानसिक सन्तुलन ठिक नभएकी अन्दाजी वर्ष २६ की महिलालाई जबरजस्ती करणी गरी फरार भएको व्यहोरा सहितको प्रहरी प्रतिवेदन जाहेरीले गिरीलाई पर्सा जिल्ला अदालतको २०७० जेठ १७ गतेको फैसलाले ५ वर्ष कैद तोकेको थियो ।