जीतपुरसिमरा उपमहानगरको सम्पत्ति कर नागरीक तथा ब्यवसायीको हितमा 

जीतपुरसिमरा उपमहानगरको सम्पत्ति कर नागरीक तथा ब्यवसायीको हितमा 

जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९।८० को आर्थिक विधेयक मार्फत सम्पत्ति करको लागि आवश्यक दर रेट तोकेको छ । बिगतका आर्थिक बर्षहरुमा विवादित बनेको सम्पत्ति करको बिषयलाई सरोकारवालाहरुसँग सुझाव संकलन गर्दे उपमहानगरपालिकाले करमा वृद्धि गर्नुभन्दा करको दायरा बढाउनमा बढी जोड दिएको देखिएको छ । 

जीतपुरसिमराले अघिल्लो आर्थिक बर्ष २०७८।७९ मा रु ५० लाख सम्मको सम्पत्तिमा ०.१५ प्रतिशतका दरले हुन आउने कूल कर रकम रु ६१०० तोकेकोमा आ.व. २०७९।८० को लागि रु ५०० तोकेको छ र सो बमोजिम एकमुष्ट कर रु ६०० हुन आउँछ । तर वीरंगज महानगरले सोही रकम रु ५० लाखको सम्पत्तिको लागी आ.व. २०७९।८० मा ०.०५ प्रतिशत तोकेको छ र सो बमोजिम एकमुष्ट कर रु २२०० कर तिर्नुपर्ने हुन्छ जुन जीतपुरसिमरा भन्दा धेरै देखिन्छ । 

जीतपुरसिमराले अघिल्लो आर्थिक बर्ष २०७८।७९ मा रु १ करोड सम्मको सम्पत्तिमा ०.२० प्रतिशतका दरले हुन आउने कुल कर एकुमुलेटेड रकम रु १६,१०० तोकेकोमा आ.व. २०७९।८० को लागी रु १००० तोकेको छ र सो बमोजिम एकुमुलेटेड कर रु १६०० हुन आउछ । तर बिरंगजले सोहि रकम रु १ करोड सम्पत्तिको लागि आ.व. २०७९।८० मा ०.१० प्रतिशत तोकेको छ र सो बमोजिमको एकुमुलेटेड रकम रु ७२०० कर तिर्नुपर्ने हुन्छ जुन जीतपुरसिमरा भन्दा धेरै देखिन्छ ।

त्यसैगरी, जीतपुरसिमराले अघिल्लो आर्थिक बर्ष २०७८।७९ मा रु ५ करोड सम्मको सम्पतीमा ०.३० प्रतिशतका दरले हुन आउने कुल एकुमुलेटेड कर रकम रु १,३१,१००।०० तोकेकोमा आ.व. २०७९।८० को लागी रु ५००० तोकेको छ र सो बमोजिम एकुमुलेटेड कर रकम रु ९६०० हुन आउछ । तर बिरंगजले सोहि रकम रु १ करोड सम्पतीको लागी आ.व. २०७९।८० मा ०.५० प्रतिशत तोकेको छ र सो बमोजिमको एकुमुलेटेड रकम रु १,८२,०००।०० कर तिर्नुपर्ने हुन्छ जुन जीतपुरसिमरा भन्दा धेरै धेरै देखिन्छ । 
 
यसै आ.व. २०७९।८० को लागी ल्याईएको सम्पतीकर झट्ट हेर्दा उपमहानगरपालिले करको दायरा बढाउनमा जोड दिएको देखिन्छ । तुलनात्मक हिसावले हेर्दा समेत वीरंगज भन्दा धेरैनै सहुलियत किसिमको सम्पत्ति कर उपभोक्ता तथा ब्यवसायीहरुको लागि ल्याईएको देखिएको कर सम्बन्धि जानकारहरुको भनाई छ ।  

<bottom>