‘चिठ्ठा त अर्कैलाई प-यो’
अहम र घमण्ड गर्दा
भुईको टिप्न खोज्दा पोल्टाको झ-यो
एकले अर्काको अस्तित्व स्वीकार्न नसक्दा
बालकोटको शक्ति बुढानिकण्ठ स-यो
आपसी झगडा, डाह, छटपटी र रिसले गर्दा
अचम्म लाग्दो तरिकाले चिठ्ठा त अर्कैलाई प-यो
बा भनेपछि त
बा लाई सन्तानको माया त लाग्नुपर्ने हो
कस्तो बा हो सन्तानको माया नै लागेन
कस्तो बा हो सन्तानका लागि बाँकी केही पनि राखेन
जब बा, ठूलो बा, काकाहरुले
सन्तानको अर्थ नै बुझ्दैनन् भने
के जरुरी छ ? बा, ठूलो बा, काकाहरुलाई राख्न
किन हिम्मत गर्दैनौ सन्तानहरु (युवाहरु)
बा, ठूलो बा, र काकाहरुलाई एउटै डोकोमा राखेर फ्याँक्न
झण्डै झण्डै दुई तिहाईबाट ८३ मा झ-यो
चिठ्ठा त अर्कैलाई प¥यो
चिठ्ठा त अर्कैलाई प¥यो
विकल्प गेलाल
वीरगन्ज–१४ पर्सा ।