आफ्नो इंगेज्मेण्ट तोडेको गायिका मेलिना राईको घोषणा 

आफ्नो इंगेज्मेण्ट तोडेको गायिका मेलिना राईको घोषणा 

वीरगन्ज, २० साउन । चर्चिन गायिका मेलिना राईले आफूले गरेको टिकाटालो रद्द भएको घोषणा गर्नुभएको छ । मेलिना राईको फेसबुक पेजमा पोष्ट गर्दै उहाँले केही समय अगाडि आफूले टिकाटालो (इंगेज्मेण्ट) गरेको सामाजिक सञ्जालमा घोषणा गरेको टिकाटालो (इंगेज्मेण्ट) रद्द गरेको जानकारी दिनुभएको छ ।

राईले फेसबुक पेजमा पोष्ट गर्दै इंगेज्मेण्ट आफ्नो जीवनको गम्भीर निर्णय भएको र एउटा परिस्थितिमा दुईजनाबीच भविष्यमा सँगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको बताउनु भएको छ । तर, दुवैजनाबीच वैचारिक मतभेद देखिन थालेपछि धेरै समिक्षा र आत्म समिक्षा गरेर पहिलेको निर्णय रद्द गर्ने निष्कर्षमा पुगेको बताउनु भएको छ ।

सबै इंगेज्मेण्टहरु विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने उहाँले लेख्नुभएको छ । उहाँले फेसबुक पेजमा लेख्नुभएको छ, ‘केही समय अगाडी मैले आफ्नो इंगेज्मेण्ट गरेको सामाजिक सञ्जाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन विताउने सोच सहित त्यो निर्णय गरिएको थियो ।

समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बीच बैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्म सहिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’ उनीहरुको निर्णयबाट शुभचिन्तकामा पर्न गएको भावनात्मक असर प्रति क्षमा समेत माग्नुभएको छ । 

दुई वर्षअघि एरेन्जर तथा गिटारिस्ट समेत रहेका सञ्जीव बराईलीसँग मेलिनाको इन्गेजमेन्ट भएको थियो र उनीहरुले यसै वर्ष विवाह गर्ने योजना समेत बनाएका थिए । 

गत वैशाख २ गते सञ्जीव र मेलिनाले आफूहरुले इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक गरेका थिए । संगीतकर्मी बराईलीसँग इन्गेज्मेण्ट भएको समाचार सार्वजनिक भएपछि मेलिना राईप्रति सकारात्मक र नकारात्मक टिप्पणीहरु गरेका थिए । 

उहाँले फेसबुकमा लेख्नुभएको पोष्ट