कार्यस्थलमा यौन हिंसा र उत्पीडन अन्त्यका लागि मजदुर संगठनको अभियान
वीरगन्ज, २१ असोज । बारा पर्सा औद्योगिक करिडोरका मजदुर संगठनहरुले कार्यस्थलमा हुने यौन हिंसा र यौन उत्पीडानको अन्त्यका लागि मजदुर संगठनले अभियान शुरु गरेको छ ।
श्रमिकहरुको कार्यस्थलमा हुने यौन हिंसा र यौन उत्पीडत अन्त्य गर्न अन्तराष्ट्रिय श्रम संगठनको अभिसन्धी १९० अनुमोदन गर्न मजदुर संगठनहरुले माग समेत गरेका छन् । यौन हिंसा र यौन उत्पीडन अन्त्य गर्ने अभियानको रुपमा स्थापित गर्न अभियान शुरु गरिएको इण्डष्ट्रिअल ग्लोबल युनियन अन्तर्गतको नेपाल स्थित काउन्सिलका कोअर्डिनेटर हिमालय खरेलले बताउनुभयो ।
परियोजनाको विभिन्न क्रियाकलापहरु मध्य समग्र औद्योेगिक मजदुर आन्दोलन, तत्कालिन परिस्थिति र नेपाललाई आवश्यक पर्ने आन्दोलनको मुद्दालाई विशेष रुपमा उठाएर त्यसलाई स्थापित गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको खरेलले बताउनुभयो ।
अस्थायी, स्थायी र ज्यालादारीहरुको रुपमा कुनैपनि मजदुरहरु देखा नपरोस, प्रकृतिक मजदुरको रुपमा जीवनयापन गर्ने वातावरणको सृजना गर्न परियोजनाको लक्ष्य रहेको उहाँले बताउनुभयो । जुनसुकै स्थान हिंसा मुक्त हुनुपर्छ, सार्वजनिक स्थलहरु हिंसामुक्त हुनुपर्छ भन्ने अभियान माग रहेको नेपाल औद्योगिक श्रमिक संघका अध्यक्ष अमृतलाल जोशीले बताउनुभयो ।
यसलाई लागू गर्ने तीनपक्ष सरकार, मजदुर र रोजगारदाता भएपनि सबैभन्दा बढी दायित्व मजदुरहरुकै हुने भएकोले यसको सुरुवात मजदुर संगठनहरुले नै गरेको उहाँले बताउनुभयो ।
सम्पूर्ण विभेद विरुद्धको आन्दोलन गर्ने नै मजदुर आन्दोलन रहेकोले मजदुहरुको कार्यस्थल विभेद रहित हुनुपर्छ र हिंसाशुन्य हुनुपर्छ भन्ने मान्यताले मजदुर संगठनका ट्रेडयुनियनहरु निर्देशित रहेको र सबैले यसको कार्यान्वयनका लागि दबाव दिन जरुरी रहेकोले अभियान सुरुवात गरिएको समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष आनन्द थामीले बताउनुभयो ।
विभेद र अन्यानको विरुद्ध आवाज उठाउने मजदुरहरु नै रहेको र यसको प्रत्यक्ष सरोकार पनि जुनसुकैक्षेत्रमा मजदुरहरुसँग जोडिने भएकोले यौन हिंसा र यौन उत्पीडन कार्यस्थलमा हुनु हुदैन भन्ने मजदुर संगठनहरुको धारणा रहेको थामीले बताउनुभयो ।
यसको कार्यान्वयनको पहिलो पक्ष मजदुर संगठन र ट्रेड युनियनहरु नै रहेकोले यसलाई प्रभावकारी कार्यान्वयनका लागि आवश्यक महासन्धी अनुमोदन गर्नुपर्ने भएकोले दबाव स्वरुप कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ ।
वीरगन्जको घण्टाघरबाट निकालिएको दबावमूल्क र्याली वीरगन्ज नगरको विभिन्न भाग परिक्रममा गरी होटल कुमु प्यालेसमा पुगेर सभामा परिणत भएको थियो ।
समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष आनन्द थामीको कार्यक्रममा टे«ड युनियन महासंघ जीफण्टका प्रदेश अध्यक्ष कमलेश झा, ट्रेड युनियन कांग्रेसका लक्ष्मण कुर्मी, अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारीका अध्यक्ष ओझा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण बेनी तिमिल्सिनाले गर्नुभएको थियो ।